रेमिट्यान्स कम्पनी इएमक्यु र सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिट्यान्स कारोबर सुरु भएको छ। जापान, युएई, जोर्डनलगायतका देशमा बस्ने उपभोक्ताहरुले इमक्युको सेवाप्रयोग गरी सिटी एक्सप्रेसमा सजिलै पैसा पठाउन सकिने छ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इमक्युका प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरे।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ।