एनआइसी एशिया क्यापिटल लिमिटेड संचालनको तीन वर्ष पुरा भएको छ।
छोटो समयमै सफल मर्चेट बैंकरको रुपमा स्थापित गर्न सफल भएको एनआइसीले बताएको छ।
नेपालमा पहिलोपटक आइपिओ ३७ घन्टामा बाँडफाँट गर्न सफल, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता, शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा दिने लगायतका काममा उपलब्धी भएको जनाएको छ।
क्यापिटलले नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना पनि ल्याएको छ।
जसअन्तर्गत उक्त मर्चेन्टले बिहीबारदेखि आउँदो वर्षको असारसम्म नि–शूल्क हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ।
यससँगै बिहीबारदेखि अर्को वर्ष चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शूल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।