साताका लागि कारोबारको अन्तिम दिन नेप्से साढे ५ अंकले घटेको छ। दिनभरको उतारचढावका बाबजुत नेप्से ५. ५ अंकले घटेको हो।
यस दिन २ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भयो। आजको कारोबारपछि पुँजीकरण १८ खर्ब ३२ अर्ब कायम भएको छ। यस दिन विकास बैंक २१, फाइनान्स ७, माइक्रोफाइनान्स ४८, अन्य २ र जीवन बीमा समूह ७७ अंकले बढे।
बैंकिङ १४, व्यापार १७, होटल २५, जलविद्युत ९, निर्जीवन बीमा २५ र उत्पादन ३८ अंकले घटे।
कारोबारका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थामा रह्यो। सो कम्पनीको ३७ करोड रुपैयाँको सेयर किनबेच भयो।
दोस्रोमा रहेको एनएमबि बैंकको १२ करोडको कारोबार भयो। मञ्जुश्री फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो। नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले १० प्रतिशत गुमाए। हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाए।