टेस्ला डाईगोनोस्टिक क्लिनिक र नबिल बैंकबीच विभन्न सेवामा छुट दिने विषयमा सम्झौता भएको छ।
सम्झौताअनुसार अब नविल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकमा उपचार गरेबापत विशेष छुट पाउने भएका छन्।
बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकतर्फ प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकतर्फ प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरे।
नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टबाट सेवा दिदैं आएको छ।