गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले झापाको विर्तामोड र मोरङको पथरीमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ।
जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले विर्तामोड शाखा तथा पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले पथरी शाखाको औपचारिक उद्घाटन गरे।
यस संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको समुपस्थितिमा क्रमशः विर्तामोड शाखा र पथरी शाखा संचालनमा आएका हुन्।
अब प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालयहरु संचालनमा आएको कम्पनीले जनाएको छ।
त्यस्तै प्रदेश नम्बर ५ मा दुई वटा र गण्डकी प्रदेशमा ४ वटा शाखा कार्यालयहरु शिघ्र संचालनमा आउने फाइनान्सले जनाएको छ।
फाइनान्सको निक्षेप संकलन ४ अर्ब ३७ करोड तथा कर्जा ३ अर्ब ५६ करोड पुगेको छ। पुस मसान्तसम्ममा ३ करोड १२ लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ छ।
संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ।