ग्लोबल आइएमई बैंकले पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन सहयोग गरेको छ।
कार्यक्रमका प्रमुख आतिथि संघीय सांसद पदम गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले उक्त सामाग्रीहरु संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईं लगायतको उपस्थिती थियो।