सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ।
यो योजना न्यूनतम मौज्दात ५ सयबाट सुरु गर्न सकनेछ।
यस मुद्दती योजना अन्र्तगत ग्राहकले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन्।
साथै यस योजनाअन्र्तगत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने जानकारी दिइएको छ। यस योजनाबाट ग्राहकले अधिकतम लाभ लिनसक्ने बैंकले विश्वास लिएको छ।
यो बैंकले ९१ शाखा कार्यालयहरु, २६ एटिएमबाट सेवा दिदैं आएको छ।