कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपछिको एकिकृत कारोबारमा सुरु गरिएको छ। बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले उक्त कारोबार सुरु गरेका हुन्।
प्राइम कमर्सियल बैंक लिमिटेडका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुबै बैंकका संचालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिती थियो।
बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्ति गरी आफ्नो पूँजी वृद्धि गर्ने योजनाअन्र्तगत कैलाश विकासलाई प्राप्ति गरिएको हो।
प्राप्तिपछि बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब १३० अर्व तथा कर्जा लगानी ११४ अर्व पुगेको छ। प्राप्तिपछि बैंकको कुल शाखा संख्या २०० पुगेको छ।