बैंक अफ काठमाण्डूले ‘बिओके' सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ।
‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ मुल नारासहित उक्त खाता सार्वजनिक गरिएको हो। यो खातामा ग्राहकले ११ लाखसम्मको बीमा सुबिधा र सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधा पाउनेछन्। उक्त मुद्दती खाता २५ हजारदेखि खोल्न सकिन्छ।
ग्राहकले खाता खोली बीमा लगायत थुप्रै सुविधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने विश्वास बैंकले लिएको छ।
साथै, बीमा सुविधाअन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख, १८ घातक रोगहरु लागेकोमा ५ लाख तथा औषधि उपचारको लागि १ लाख दिइनेछ।
यससँगै बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजारसम्मको बीमा सुविधा दिइएको छ।
बीमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा उपलब्ध गराएको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदैं आएको छ।