होटल सांग्रिलामा एभरेष्ट बैंकका ग्राहकले छुट पाउनेबारे सम्झौता भएको छ। सम्झौताअनुसार ग्राहकले खाना, पेय पदार्थ र बेकरीमा १५ प्रतिशत छुट पाउने भएका छन्।
एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएमा छुट पाउने बताइएको छ।
काठमाडौ लाजिम्पाटमा रहेको होटल साग्रिला ५ तारे होटल हो।
हालसम्म एभरेष्ट बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन्।