नेपाल एसबिआई बैंक लिमिटेड र फोन पे सर्भिस लिमिटेडबीच ‘क्यिुआर मर्चेन्ट एक्युजिसन’ सम्झौता भएको छ।
बिहीबार नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय केशरमहल बैंककातर्फबाट प्रमुख संचालन अधिकृत शुभकान्त कानूङ्गो र फोन पे पेमेन्ट सर्भिसका प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले सम्झौतामा हस्ताक्षर गरे।
कार्यक्रममा बैंकका प्रबन्ध संचालक अनुकुल भटनागर तथा प्रमूख व्यवसाय अधिकृत, छपि राज पन्तको उपस्थिती थियो।
बैंकबाट क्यिूआर मर्चेन्टको लागि आवेदन दिने र क्यिूआर प्राप्त गर्न सकिने बताइएको छ। साथै फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सकिनेछ।