सिभिल बैंकले टोखामा आफ्नो शाखा संचालनमा ल्याएको छ। एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंकको टोखा शाखाको उद्धघाटन गरे।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन पनि वितरण गरिएको छ।
सो डस्टविन सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङले टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरिएको छ।
साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको सफाई गरिएको थियो।
सिभिल बैंकको ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ।