महालक्ष्मी विकास बैंकले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा ‘पिफोएलइडी’ सूचना बोर्ड जडान गरेको छ।
उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षकसहकुल ब. थापालाई हस्तान्तरण गरे।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधिक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो।