माछापुच्छ्रे बैंकका कृष्ण सुवेदी नविल बैंक जाने पक्का भएको छ।
माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको जिम्मेवारीमा रहेका सुवेदीले अर्को हप्तादेखि नविल बैंकमा प्रबन्धक भएर काम सम्हाल्ने भएका छन् ।
उनीसँग २० वर्षभन्दा बढी बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गरेको अनुभव छ।
दायित्व व्यवस्थापन, जनसम्पर्क, बजार विस्तार तथा व्यवस्थापन, बाह्य मामिला व्यवस्थापन, सञ्चार सम्बन्ध, अन्तर्राष्ट्रिय बैंकिङ लगायतका क्षेत्रमा अनुभव बटुलेका उनलाई नविलले भित्र्याउन लागेको हो।
सुवेदीले बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपालमा ८ वर्ष र त्यसपछि एनएमवी बैंकमा पनि काम गरेका थिए।