एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशत छुट पाउने भएका छन्।
सोमबार एनआइसी बैंक र होटलबीच यस्तो सम्झौता भएको हो। यो योजना एक वर्षको लागि लागू हुने सम्झौतामा उल्लेख छ।
समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदाले हस्ताक्षर गरे।
बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा छुट पाउनेछन्।
साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजनाअनुसारको छुट दिइनेछ।
यस बैंकले ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत सेवा दिदैं आएको छ।