अमेरिकी डलरको भाउ फेरि उकालो लागेको छ। चैत ४ गते गएको १ वर्षकै उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ फेर बढ्न थालेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलरको खरिद भाउ ११९ रुपैयाँ ११ पैसा रहेको छ।
विश्वबजारमै अमेरिकी डलर बलियो हुँदै गएका बेला नेपाली बजारमा चैत चार गते डलरको खरिद दर ११९ रुपैयाँ १४ पैसा पुगेको थियो। फागुन ५ गते ११९ रुपैयाँ ९ पैसामा झरेको डलर आज फेरि बढेको हो।