नेपाल बंगलादेश बैंकले बुधबार इमाडोल ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई पचास हजार रूपैयाँ सहयोग गरेको छ।
विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउन बैंकले सो रकम उपलब्ध गराइएको हो।
यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक एकबहादुर भण्डारीले जानकारी दिए।