नेपालको विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा रहेको छ।
यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि नेपालमा डलरको खरिद दर ११९ रुपैयाँ ३३ पैसा थियो। सन् २०१८ को यो उच्च मूल्यको रेकर्ड आज तोडिएको हो।
कोरोनाको संक्रमण विश्वभर फैलिएपछि अमेरिकी डलर बलियो बन्दै गएको छ। पछिल्लो समय डलरको मूल्य नेपालमा निरन्तर बढिरहेको छ।
बिहीबार डलरको खरिद भाउ ११९ रुपैयाँ ११ पैसा रहेको थियो।
विश्वबजारमै अमेरिकी डलर बलियो हुँदै गएका बेला नेपाली बजारमा चैत ४ गते डलरको खरिद दर ११९ रुपैयाँ १४ पैसा पुगेको थियो। फागुन ५ गते ११९ रुपैयाँ ९ पैसामा झरेको डलर बिहीबारदेखि बढ्न सुरु गरेर आज हालसम्मकै उच्च मूल्य कारोबार भइरहेको छ0।
डलरको भाउ बढ्दा नेपालले आयात गर्ने सामान महंगो हुन्छ भने विदेशमा भएका नेपालीले पठाउने रेमिट्यान्स बढेर आउँछ।