नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ।
सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको बैंकले बताएको छ।
कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगे पनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताइन्।
बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले सघाउने उनले बताइन्।
उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिइन्।
नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउँदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए। कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो।