सिभिल बैंकले काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ।
अत्तरखेल शाखाको उद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गरे।
सोही अवसरमा बैंकले श्री ओख्रेनी माध्यमिक विद्यालय सुन्दरीजललाई १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभुत विद्यालय नयॉपाटीका विद्यार्थीहरुलाई ५० थान स्कूल ब्याग हस्तान्तरण गरेको छ।
सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरिएको छ।
सिभिल बैंकको ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको बैंकले बताएको छ।