ज्योति विकास बैंकले शुक्रबारबाट इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय र शाखा कार्यालयको औपचारिक उद्धघाटन गरेको छ।
बैंकले इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यले बैंकले उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो।
इटहरी उपमहानगरपालिका सुनसरीस्थित क्षेत्रीय कार्यालयको समुद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा ज्योति
विकास बैंकका अध्यक्ष हरी चन्द्र खड्काले संयुक्त रुपमा गरे।
साथै, इटहरी उपमहानगरपालिका वडा नं ६, सुनसरीस्थित ज्योति विकास बैंकको शाखा कार्यालयको समुद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गरे।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानीय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएममार्फत सेवा दिदैं आएको छ।