सिद्धार्थ बैंक लिमिटेड र बसुन्धारामा रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्राली बीच बैंकका कर्मचारी तथा ग्राहकलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी र कर्मचारीका सदस्यले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशत र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट पाउनेछन्।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरे।
हाल उक्त बैंकको १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, २०५ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन छ।