अमेरिकी डलर संसारका अन्य मुद्राको तुलनामा बलियो हुँदै गएको छ। सोमबार संसारभरको स्टक मार्केट एकातिर खस्किएको छ भने अर्कोतिर डलरको भाउ आकासिंदै गएको छ।
डलर पाउन्ड स्ट्रलिङसँग सन् १९८५ यताकै बलियो बनेको छ। त्यस्तै युरोको तुलनामा ३ वर्ष यताकै बलियो बनेको छ। त्यस्तै न्यूजल्यान्ड र अष्ट्रेलियन मुद्राको तुलनामा पनि अमेरिकी डलर दशक बढीकै बलियो बनेको छ।
अमेरिकी स्टक मार्केट ओरालो लाग्नु, तेलको मूल्य घट्दै जानुजस्ता कारणले डलर बलियो हुँदै गएको बताइएको छ।
जापान,कोरिया,थाइल्यान्ड,इन्डोनेसिया तथा भारतीय मुद्राको तुलनामा पनि अमेरिकी डलर बलियो बनेको छ।
नेपालमा पनि पछिल्लो समय डलरको भाउ बढ्दै गएको छ। डलरको तुलनामा निरन्तर ओरालो लागेको नेपाली रुपैयाँ आइतबारमात्र हालसम्मकै कमजोर बनेको थियो। आइतबार १ डलर किन्नका लागि १२० रुपैयाँ ६८ पैसा खर्च गर्नुपर्थ्यो। आज यसमा ८ पैसामात्र घटेको छ।