सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई दिएको छ।
आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान पिपिई दिएका हुन्। उनले डा.विष्णुप्रसाद शर्मालाई प्रदान गरेका हुन्।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत
चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको भन्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए।