नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्ने कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा एमपिओएस तथा किआइओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु बैंकका भिसा कार्ड लगायत विकल्पहरु उपलब्ध रहेका छन्।
यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको टेलिकमले बताएको छ।
हाल कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेकोले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनसक्ने देखिएको छ।
ग्राहकले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन कुरा गर्न सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको बताइएको छ।
(क) मोबाइल भुक्तानी सेवा तथा केआइओएसके मेसिन
यस अन्तर्गत कम्पनीका आधिकारिक एमपिओस सेवा प्रदायकहरु (जस्तैःस्टेसनरी, पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआइओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ।
(ख) विभिन्न भुक्तानी सेवाहरु
यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तैःइसेवा, खल्ति, आइएमइपेआदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
(ग) विभिन्न अनलाइन तथा मोबाइल बैकिंङ सेवाहरु
यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैकिंङ वा मोबाइल बैकिंङको सुविधालाइ सोही बैंकको वेबपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
(घ) विभिन्न बैंकका भिसाकार्डहरु
चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्नुपर्छ।