कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि राष्ट्रिय राहत कोषमा सहयोग गरेको छ। प्रत्येक प्रदेशबाट १० लाखको दरले बैंकले कूल ७० लाखको सहयोग गरेको हो।
संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले मंगलबार उक्त सहयोग गरेको बताएको छ।
बैंकका गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेलले सोही प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई रकम प्रदान गरे।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थाका लागि सहयोग गरेको बैंकले बताएको छ।