कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा सयहोग गरेको छ। प्रत्येक प्रदेशबाट १० लाखको दरले बैंकले कूल ७० लाखको सहयोग गरेको हो।
यो सहयोग कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका लागि गरेको बैंकले बताएको छ।
बुधबार केन्द्रिय प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई एक समारोहबीच बैंकका तर्फबाट हेटौडा शाखा प्रबन्धक कृष्ण शर्माले सहयोग रकम दिएका हुन्।
यसैगरी, बैंकको तर्फबाट प्रदेश नं ५ मा सोही प्रदेशका मूख्यमन्त्री शंकर पौडेललाई बुटवलका शाखा प्रबन्धकसुदन खत्री र कर्णाली प्रदेशमा उक्त प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई सुर्खेतका शाखा प्रबन्धक हिमाल मुढभरीले सहयोग रकम दिए।
बैंकको यस सहयोगप्रति सम्बन्धित सरकार प्रमुखहरुले धन्यवाद दिए।