बैंक अफ काठमाण्डू लिमिटेडले कोभिड–१९ नियन्त्रणका लागि स्थापित सरकारी राहत कोषमा कुल १ करोड रुपैंया दिने भएको छ।
सो रकममध्येबाट प्रत्येक प्रदेशको राहत कोषमा ५ लाखको दरले ३५ लाख तथा बाँकी ६५ लाख केन्द्रिय सरकारको राहत कोषमा योगदान गर्ने निर्णय बैंकले गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो।