मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटा प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख दिने मेगा बैंक सञ्चालक समितिले बताएकाे छ।
मेगा बैंकले अहिले बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म शाखा संचालन पनि गरिरहेको छ।