कोरोना भाइरस (कोभिड–१९) महामारी विरूद्ध लड्न सरकारको कदमलाई समर्थन गर्दै अर्को सूचना जारी नभएसम्म मेटलाइफले सबै कार्यालयहरू भौतिक रूपमा बन्द भएको बताएको छ।
तर, विद्युतिय माध्यमबाट सबै ग्राहकहरूलाई निरन्तर सेवा एवं सुरक्षा दिनका लागि विभिन्न कार्य योजनाहरु लागू गरिएको मेटलाइफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्ता छन् योजना
लकडाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने
लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने
कम्पनीको वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने
अत्यावश्यक सेवा सम्बन्धि सम्पूणकार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने
फोन, फेसबुक र इ–मेल को मार्फत ग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका ब्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने
मेटलाइफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामुहिक जीवन बीमालेखहरु, बीमालेखका सर्तहरूको अधिनमा रहि सदाझै बीमा रक्षावरण प्रदान गरिने