सानिमा बैंक लिमिटेड र दराज क्येमूबीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ।
दराज अनलाइनमा उल्लेख गरिएकोे र विगमार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गर्न छुट पाइने भएको हो।
सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५ सय सम्मको छुट पाइने बताइएको छ।
यसका साथै १५ सय भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ।
यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले २६ गतेसम्म दराज वेव÷एप्समार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने छ।