लक्ष्मी बैंकले कोभिड –१९ (कोरोना भाइरस) कोषलाई एक करोड दिएको छ।
यसमध्ये ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दिइनेछ।
बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गरिने बैंकले बताएको छ।
नियमित बैंकिंङ सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिइएको बैंकको भनाइ छ।
यस्ता कार्यहरुलाई निरन्तरता दिई सामाजिक गतिविधिहरुमा आवश्यक योगदान पुर्याउँदै जाने बैंकको प्रतिवद्धता छ।