फागुन ५ गतेदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीका लागि तीन जनाको नाम सिफारिस भएको छ।
गभर्नर नियुक्तीका लागि अर्थमन्त्री डा युवजाराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीनजनाको नाम सिफारिस गरेको हो।
पूर्व सचिव कृष्णहरि बाँस्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य रहेको उक्त समितिले हाल नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर रहेका चिन्तामणी शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका महाप्रसाद अधिकारी र निवर्तमान अर्थसचिव राजन खनालको नाम सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिए।
सिफारिस भएकामध्येबाट एकजनालाई मन्त्रिपरिषदले एकजनालाई गभर्नरमा नियुक्त गर्ने छ। गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ।