राष्ट्र बैंकले २०७७ सालमा बैंक विदाको सूची सार्वजनिक गरेको छ। वैशाख ३ गतेसम्म लकडाउनका कारण सीमित शाखाहरु मात्रै संचालन हुनेछन्।
वैशाख १ गते नयाँ वर्षको पहिलो दिन बैंक बन्द रहनेछन्। वैशाख १९ गते मजदुर दिवस र २५ गते बुद्ध जयन्तीका दिन बन्द रहनेछन्। साउन २० गते गाईजात्रा र भदौ १६ गते इन्द्रजात्राका दिन काठमाडौं उपत्यकाका बैंक बन्द रहनेछन्।
असोज ३ गते संविधान दिवसका दिन बैंकहरु बन्द रहनेछन्। बैंकका कर्मचारीलाई दसैँको विदा कात्तिक ७ देखि ११ गतेसम्म र तिहार विदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म हुनेछ।
दसैँतिहारका बेला बैंकले केही समय सीमित शाखा खुलाउन सक्नेछन्। फागुन २४ गते महिला दिवस, २७ गते महाशिवरात्रिका दिन बैंक बन्द रहनेछन्।
चैत १५ गते पहाडको होलीमा त्यस भेगका बैंक बन्द रहनेछन् भने १६ गते तराईका बैंक बन्द रहनेछन्। चैत २९ गते घोडेजात्राका दिन काठमाडौं उपत्यकाका बैंक बन्द हुनेछन्।
प्रत्येक शनिबार र सरकारले सार्वजनिक विदा घोषणा गरेका दिन बैंक बन्द रहनेछन्। कात्तिक १५ गतेसम्म विहान १० बजेदेखि ५ बजेसम्म बैंक खुल्ला रहनेछन् भने कात्तिक १६ देखि माघ १५ सम्म १० देखि ४ बजेसम्म बैंक खुल्नेछन्। माघ १६ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म बैंक खुल्नेछन्।
सम्वद्ध धर्मावलम्वी, जाति समुदायका चाडपर्वमा सम्बद्ध कर्मचारीहरुले विदा पाउने छन्। गौरा पर्व, इद, छठ, वकर इद, क्रिसमस, योमरी पुन्ही, तमु ल्होसार, जितिया पर्व, माघी पर्व, सोनम ल्होसार, ग्याल्पो ल्होसारमा सम्बद्ध कर्मचारीले विदा पाउने छन्।
यी पर्वमा बैंकहरु खुल्ला रहनेछन्। तीजमा महिला कर्मचारीले विदा पाउनेछन्।