सिटिजन्स बैंकले निष्काशन गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ।
१०.२५ प्रतिशत व्याजदरको सिटिजन्स बैंक ऋणपत्र २०८६ बाँडफाँड भएको हो।
प्रतिइकाई एक हजार रुपैयाँ बराबर अंकित मूल्यको २५ लाख कित्ता डिबेन्चर मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँड भई बाँकी २४ लाख ७० हजार कित्ता डिबेन्चर व्यक्तिगत तवर तथा सर्वसाधारणको लागि गत फागुन २० देखि चैत ४ गतेसम्म निष्काशन गरिएको थियो।
यस अवधिमा रितपूर्वक आवेदन दिने ३१७ जना आवेदकमध्ये सर्वसाधरण समूहका सबैलाई माग गरेबराबरकै डिबेन्चर बाँडफाँड गरिएको छ।
साथै व्यक्तिगत तवर मार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँडमा नपरेका डिबेन्चर वापत बाँकी रकम आवेदनमा उल्लेखित बैंक खातामै आइतबारदेखि रकमान्तर गरिने बैंकले जनाएको छ।