सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) दिएको छ। २५ थान पिपिई प्रदेश ५ का मुख्यमन्त्री श्री शंकर पोखरेललाई एक कार्यक्रमकाबीच दिइएको हो।
साथै चैत २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विवेक निरौलाले ३३ थान पिपिई प्रदान गरे।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी पिपिई वितरण गरिसकेको छ।