एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकलाई विभिन्न अनलाईन डेलिभरीका माध्यमबाट सामान किन्दा लकडाउन अवधिभर छुट दिइने भएको छ।
सामान किनेको रकमको १० प्रतिशत वा अधिकतम ५ सयसम्म छुट दिने भएको हो।
दराज अनालाईनमा रहेको विगमार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने सामानमा उक्त छुट दिइने गरी बैंकसँग सम्झौता भएको छ।
जसअनुसार बैंकको मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा छुट दिनेछ।
यस बैैकका ग्राहकले मोबाइल बैंकिङ तथा कार्ड प्रयोग गरी नेपालभरका २५ सय भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।