एभरेष्ट बैंक लिमिटेडले कोभिड–१९ (कोरोना भाइरस) कोषमा राहत कोषको लागि प्रतिबद्ध गरेको रकम दिएको छ। एभरेष्ट बैंकले कोभिड–१९ कोषलाई एक करोड दुई लाख रुपैयाँ दिएको हो।
बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सात प्रदेशका प्रत्येक प्रदेश सरकारलाई ६ लाख दिएको हो। साथै केन्द्रिय सरकारलाई ६० लाख प्रदान गरेको छ।
कोषको रकम लक्ष्मण अर्याल, सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई आशुतोष शर्मा, सहायक महाप्रबन्धक तथा
अन्य एभरेष्ट बैंकका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरिएको थियो।
यो बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन्।