प्रभु इन्स्योरेन्सले प्रदान गर्ने कोरोना बीमा सेवा प्रभु पे, वालेटबाट लिन सकिने भएको छ। प्रभु इन्स्योरेन्स र प्रभु पे बीच भएको समझदारीपछि कम्पनीका ग्राहकहरुले घरमै बसेर कोरोना बीमा गर्नसक्ने भएका हुन्।
साथै अन्य बीमा सेवाहरु समेत लिन सकिने व्यवस्था मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले जानकारी दिए।
कम्पनीले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरु अनलाईन सिस्टम मार्फत प्रदान गर्दै आईरहेकोले लकडाउनको समयमा समेत सबै सेवाहरु सहज रुपमा प्रदान गरिरहेको उनले बताए।