सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० हस्तान्तरण गर्दै आएको छ।
यसै अन्तर्गत बैंकले मध्यपुर हस्पिटल, ठिमी र मेमोरियल हस्पिटल, बनेपामा पिपिई १२ थान प्रति हस्पिटल दिएको छ। साथै २५०० मास्क मध्यपुर हस्पिटललाई प्रदान गरेको छ।
उक्त सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र
मेमोरियल हस्पिटलका निर्देशक तथा कार्डियोलोजी विभाग प्रमुख डा. शिवजी विक्रम सिलवाललाई प्रदान गरे।
हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी पिपिई वितरण गरिसकेको छ।