मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै पाउन सक्ने भएका छन्।
मेगा बैंक र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकलाई उक्त सुविधा दिने सम्झौता भएको हो।
खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैंयासम्म छुट पाउने सहमति भएको छ।
सामान खरिदका लागि होम सप्लाईजको वेभसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिने बताइएको छ।