मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान किन्दा विशेष छुटसहित घरघरमै सामान प्राप्त गर्ने भएका छन्।
मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो।
सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन्।
डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढुवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो।
दराज डटकमको वेवसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिने बताइएको छ।