युकेको रेमिटान्स कम्पनी गुवाभा लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ।
युकेसँगै टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गुवाभापेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने भएका छन्।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५ सय भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिने वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिन्छ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गुवाभपे लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी ओरखानले हस्ताक्षर गरे।