कुमारी बैंकको साधारण सभा सम्पन्न भएको छ।
बैंकका संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा सोमबार साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा बैंकका साविकको देवः विकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ।
कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको छ।
उक्त प्राप्तिपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ। साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ।
साधारण सभापछि कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ।