नबिल बैंकले 'जेन एन एकाउन्ट' संचालनमा ल्याएको छ। जुन आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता हो।
बैककाअनुसार यसमा थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिङ, भाईबर बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन ट्राजिक्सन, एनटिसी टु जिबी डाटा प्याकेज निःशुल्क जारी गरिएको छ।
नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने बताएको छ। १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि लाभ लिनसक्ने बैंकको भनाइ छ।
यो बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।