बैंक तथा वित्तीय संस्था आगामी असार १ गतेदेखि दुई सिफ्टमा सञ्चालन हुने भएका छन्।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन्।
बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिने छन्।
यो व्यवस्था आजकै मितिबाट गणना भई २१ दिनसम्म लागू हुनेछ। त्यसपछि परिस्थिति एवम् जोखिमको अवस्था हेरिकन यो व्यवस्था थपघट गरिने मन्त्री खतिवडाले बताए।
बैंक तथा वित्तीय संस्थाका सबैजसो शाखाहरु सञ्चालनमा आउने छन्। यसरी दुई सिफ्टमा सञ्चालन हुनेमा सम्पूर्ण सरकारी कार्यालयहरु पनि छन्।