बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको सात लाखको बीमा दाबी रकम भुक्तानी गरेको छ।
बिओके प्रिमियम तलब खाता अन्तर्गतको विभिन्न सुविधाहरु मध्ये उक्त बीमा रकम हालै खाताबाहकको परिवारलाई दिइएको हो।
उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएको थियो।
बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसंग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई दिए।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिदैं आएको छ।