सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलोपटक अपाङ्गमैत्री वेवसाइटको सुरु गरेको छ।
यो वेवसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरुको लागि उपयोगी हुने बताइएको छ।
यस वेवसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्याउने प्रयास गरिएको छ।
यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेवसाइटमा गई दायाँ कुनामा रहेको डिसाबिलिटी फ्रेड्ली आइकन क्लिक गर्नुपर्छ। त्यसपछि आवश्यक
एसेसबिलिटी विडजेज मेनुमा गई आफूलाई चाहिएको सुविधाअनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ।
यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ।
समयक्रमसँगै अन्य अपाङ्गतामैत्री सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ।
सानिमा बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।