स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सबीच डिजिटल कारोबारसम्वन्धी सम्झौता भएको छ।
फाइनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने सम्बन्धमा एससिटीसँग सम्झौता भएको हो।
सम्झौतामा एससिटीका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरे।
यसबाट फाइनान्सका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त हुनेछ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिजको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ।