एसियाली विकास बैंकले नेपालका लागि २४ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकर्त गरेको छ। नेपालको उर्जा आपूर्ति प्रणाली सुधार तथा आधुनिकिकरणका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ।
चरम बिजुलीको अभाव हुने अवस्थामा नेपालले पछिल्लो समय बिजुली उत्पादन बढाएपनि आपूर्ति प्रणाली सुधार नहुँदा गुणस्तरीय उर्जा उपभोग हुन नसकेकाले त्यसको सुधार गर्नका लागि ऋण स्वीकृत दिने निर्णय गरिएको बैंकले बताएको छ।
यो ऋणको खर्चबाट नेटवर्क क्षमता बलियो बनाउने, गुणस्तरीय र विश्वासनीयता बढाउने र उत्पादन हव र लोड सेन्टरबीचको ढिलाइ न्यून हुने बैंकले विश्वास लिएको छ।
दक्षिण एसयाली उपक्षेत्रीय आर्थिक सहायता पिरियोजना अन्तर्गत आउने यो ऋणबाट काठमाडौं उपत्याका,भरतपुर महानगरपालिका क्षेत्र, वागमती प्रदेश, पोखरा,कास्की जिल्ला र गण्डकी प्रदेशमा निरन्तर हुने विजुली आपूर्तिमा हुने अवरोध न्यूनीकरणका लागि काम हुने छ। त्यस्तै प्रदेश २ मा पनि यो ऋणबाट खर्च हुने छ।